नियुक्ति खारेजमध्ये ६ जनाले पाए अन्तरिम आदेश, के यीनीहरुकाे पद जाेगिएला ?

78
  •  
  •  
  •  

काठमाडाैं, २९ असार (अाेएनएस) : केपी ओली नेतृत्वकाे सरकारले राजनीतिक नियुक्तिहरु भएकाे भन्दै नियुक्ति खारेज गरेसँगै पदमुक्तकाे पत्र थमाएपछि पद जाेगाउन १३ जना सर्वोच्च अदालत पुगेका छन्। जसमध्ये ६ जनाले सर्वोच्च अदालतबाट उक्त नियुक्ति खारेजीकाे कार्यान्वयन नगर्न अन्तरिम आदेश पाएका छन्।

अन्तरिम आदेश पाउनेमा गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय, राष्ट्रिय सहकारी बोर्डका सहध्यक्ष दक्ष पौडेल, एकीकृत बागमती विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत र घरेलु तथा साना उद्योग विकास समितिका कार्यकारी निर्देशक नविकुमार झा छन्।

त्यसैगरी दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा र कर्जा सुरक्षण कोषका कार्यकारी निर्देशक विजयबाबु मिश्रलाई अवकास दिने निर्णय कार्यान्वयन नगर्न दुर्इ दिनअघि सर्वाेच्चले अन्तरिम आदेश जारी गरेको थियो।

तत्कालीन देउवा सरकारले निर्वाचन आचारसंहिता लागू भएको समयमा गरेका राजनीतिक नियुक्ति भन्दै सरकारले खारेज गर्ने निर्णय गरेपछि त्यसलाई चुनौती दिँदै सर्वोच्च पुगेकाहरुको निवेदनमा सुनुवाइ गर्दै उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी भएको हो।


  •  
  •  
  •