सर्वोच्चका नाै न्यायाधीशले किन गरे इजलाश बहिस्कार?

110
  •  
  •  
  •  

काठमाडौं, २९ फागुन (ओएनएस) : प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध न्यायाधीश चोलेन्द्रशम्शेर जवराले साेमबार गरेको विद्रोहको पक्षमा उनीसहित मंगलबार ९ न्यायाधीश देखिएका छन्। सर्वोच्च अदालतका ९ न्यायाधीशहरु प्रधान्यायाधीश पराजुलीले तोकेको मुद्दा सुनुवाई गर्ने विषयमा विभाजित भएका छन्।

प्रधान न्यायाधीशविरुद्ध कुनै अभिव्यक्ति नदिए पनि, उनको विपक्षमा वरिष्ठ न्यायाधीश दिपकराज जोशीसहित हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशसिंह राउत, र सपना प्रधान मल्ल रहेका छन्। उनीहरुले मंगलबार तोकिएको मुद्दामा कुनै कारबाही प्रकृया नै अगाडि बढेन।

डा गोविन्द केसी र कान्तिपुर दैनिकको अवहेलना मुद्दा आफूसहितको बृहत् पूर्ण इजलाशमा सुनुवाई थालेपछि न्यायाधीशहरु बीचमा गुट देखिएको थियो।

मंगलबार भावी प्रधानन्यायाधीशको रोलक्रममा रहेका न्यायाधीश दिपकराज जोशीसहित ८ न्यायाधीशले प्रधानन्यायाधीश पराजुलीले तोकेको मुद्दा नहेर्न निर्णय गरेका छन्।

सोमबार न्यायाधीश राणाले प्रधानन्यायाधीश पराजुली साउनमै अवकाश हुनुपर्नेमा बढी अवधि सर्वोच्चमा बसेको भन्दै सँगै इजलाशमा नबस्ने घोषणा गरेका थिए। तर, उनलाई मंगलबार कुनै पनि मुद्दाको पेशी तोकिएको छैन। उनी सर्वोच्च अदालत भने हाजिर भएका छन्। आफ्नो चेम्बरमा भेटिएका राणाले न्यायिक स्वच्छता कायम गर्न यस्तो कदम चालेको प्रतिक्रिया दिए। उनले कुनै व्यक्ति भन्दा न्यायलयको हितका लागि आफूले यस्तो कदम चालेको बताए।

सोमबार बेलुका प्रधानन्यायाधीश पराजुलीले राणा बाहेकका सबै न्यायाधीशसँग राय लिएका थिए। उक्त क्रममा अधिकांश न्यायाधीशले पराजुलीलाई शैक्षिक प्रमाणपत्र र नागरिकताको विवाद सम्बन्धी मुद्दा किनारा नभएसम्म अलग बस्न सुझाव दिएका थिए। तर, त्यसलाई अटेर गर्दै पराजुलीले मंगलबार पुनः सर्वोच्च आई मुद्दाको पेशी तोकेका थिए।

पेशी तोकेका मध्ये न्यायाधीशहरु ओमप्रकाश मिश्र, डम्बरबहादुर शाही , दीपककुमार कार्की र टंकबहादुर मोक्तानस केदारप्रसाद चालिसे र शारदप्रसाद घिमिरेस मिरा खड्का, तेजबहादुर केसी र वमकुमार श्रेष्ठले भने मुद्दाको सुनुवाई थालेका छन्।
प्रधान न्यायाधीश गोपाल पराजुली र तेजबहादुर केसीको बेन्चले आज २९ मुद्दाको फैसला सुनाएको छ।

न्यायाधीशद्वय दीपकराज जोशी र प्रकाशमान सिंह राउतको इजलासमा ३१ वटा पेशी तोकिएको भए पनि मुद्दा हेरिएन। पूर्व निर्धारित कार्यक्रममा न्यायधीश जोशी सर्वोच्च अदालतभन्दा बाहिर गएकाले पेशी तोकिए पनि सुनुवाईको कुनै प्रकृया अगाडि नबढेको हो। यद्यपि जोशीले पनि पराजुलीलाई बाटो क्लियरु गर्न सुझाव दिएका थिए।

आज इजलास बहिस्कारु गरेर न्यायाधीशहरु प्रस्टरुपमा विभाजित भएको देखिएको छ। यसले सर्वोच्च अदालतमा कायम रहेको संकट थप गहिरिने संकेत गरेको कानुनविद्हरु बताउछन्।


  •  
  •  
  •