माघ १ गते सार्वजनिक विदा

25
  •  
  •  
  •  

कास्की, २५ पुस(ओएनएस) : माघ १ गते माघे संक्रान्ती/माघी पर्वका दिन गण्डकी प्रदेशमा सार्वजनिक विदा दिइने भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै प्रदेश सरकारले माघ १ गते सार्वजनिक विदा निर्णय गरेको बताएको छ ।
सूचनामा भनिएको छ,‘माघ १ गते माघे संक्रान्ती/माघी पर्व परेको उक्त दिन गण्डकी प्रदेशस्थित सबै शैक्षिक संस्था, सरकारी तथा सार्वजनिक कार्यालय, बैंक तथा वित्तिय संस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक विदा दिने निर्णय भएको छ ।’

 


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here