प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्रीले प्रश्नको जवाफ दिँदै

404
  •  
  •  
  •  

काठमाडौं, ४ माघ(ओएनएस) : प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदले सोधेका प्रश्नको जवाफ दिँदैछन् ।

प्रतिनिधिसभा बैठकमा पहिलोपटक प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुन लागेको हो । अहिले १२ बजे हुने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीलाई सांसदले प्रश्न सोध्न पाउने र त्यसको जवाफ दिने ब्यवस्था मिलाइएको छ ।
सचिवालयमा प्रधानमन्त्री ओली र मन्त्रीहरुलाई सोध्न सांसदहरुले ७८ वटा प्रश्न दर्ता गराएका छन् ।

सचिवालयका अनुसार ७३ वटा मौखिक र पाँचवटा लिखित जवाफ माग गर्दै १२ जना सांसदहरुले प्रश्न दर्ता गराएका छन् ।

प्रश्नोत्तर एक घण्टासम्म चल्नेछ । एउटा बैठकमा बढीमा दस जना सांसदले प्रश्न सोध्न पाउनेछन् ।प्रधानमन्त्रीको विषय नभएको मन्त्रालयको प्रश्न आएमा प्रधानमन्त्रीले संसदबाटै सम्बन्धित मन्त्रीलाई जवाफ दिन लगाउन सक्ने व्यवस्था छ ।

संसद नियमावलीमा सांसदहरूले प्रधानमन्त्रीसँग सम्बन्धित वा कार्यक्षेत्रभित्र रहेका मन्त्रालयसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न पाउने व्यवस्था छ ।


  •  
  •  
  •