प्रधानमन्त्रीले आज संसदलाई सम्बोधन गर्ने

25
  •  
  •  
  •  

काठमाडौं, २२ पुस(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदलाई सम्बोधन गर्ने भएका छन् ।
दिउँसो १ बजेपछि बस्ने संघीय संसद्को बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको उनको निजी सचिवलयले जनाएको छ ।

फाइल तस्बिर

यस्तै संसद सचिवालयले पनि सम्बोधनको तयारी भएको बताएको छ ।  प्रधानमन्त्री ओलीले गएको बिहीबार नै संसदमा सम्बोधन गर्ने तयारी थियो, तर अन्तिम समयमा आएर कार्यव्यस्तता भन्दै ओलीको सम्बोधन स्थगित भएको थियो ।

संसदमा प्रधानमन्त्री ओलीले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदमा भएको भनिएको अनियमितता लगायतका विषयमा सरकारको धारणा सार्वजनिक गर्ने बताइएको छ । सम्बोधनमा प्रधानमन्त्रीले समसामयिक राजनीति र सरकारका पछिल्ला कार्यप्रगतिबारे पनि जानकारी गराउने छन् ।

बुधबार मात्रै संसदको सार्वजनिक लेखा समिति अन्र्तगतको उपसमितिले वाइडबडी खरिदका क्रममा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

प्रतिवेदन समितिमा छलफल हुनुअघि नै सार्वजनिक भएकोमा प्रधानमन्त्रीले असन्तुष्टि जनाउदै आएका छन् । सरकारले पनि सो विषयमा छानविन गर्न न्यायिक समिति गठन गरेको छ ।


  •  
  •  
  •