अझै तीन दिनसम्म मौसम बदली र भारी वर्षा हुने संकेत

71
  •  
  •  
  •  

काठमाडाैं, २० साउन (अाेएनएस) : मौसम बदली हुँदा भारी वर्षा हुने जल तथा मौसन पूर्वानुमान महाशाखाले संकेत गरेकाे छ। फेरी आगामी तीन दिनको मौसमको महाशाखाले पूर्वानुमान गरी सुचना जारी गरेको हाे । आइतबार र सोमबार भारी वर्षा तथा मंगलबार मध्यमखालको वर्षा हुने अनुमान गरिएको छ ।

आइतबार दिउँसोदेखि रातिसम्म पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति पश्चिमी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

यसैगरी सोमबार राति मध्य र पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भावना छ । मंगलबार भने पूर्वी स्थानमा मध्यमखालको वर्षा हुने अनुमान गरिएको छ । मंगलबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली हुने मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम विज्ञान विभागले आजदेखि तीन दिनसम्म मौसम पूर्वानुमानबारे सूचना जारी गर्दै मंगलबारसम्मै पानी पर्ने जनाएको हो ।


  •  
  •  
  •