बलिउड नायक सञ्जय दत्त नयाँ लुक्समा

366
  •  
  •  
  •  

३ फागुन : बलिउड नायक सञ्जय दत्त जुलाईमा रिलिज हुन लागेकाे एक फिल्ममा नयाँ लुक्समा देखा परीरहेका छन्। फिल्म ‘साहब बिवी और ग्याङस्टार–३’ २७ जुलाईमा रिलिज हुँदैछ। अभिनेता सञ्जय दत्तले ‘भेलेन्टाइन डे’ को मौका पारेर मंगलबार यो घोषणा गरेका हुन्।

सञ्जयले भने, ‘तिग्मान्सु धुलिया निर्देशित साहब बिवी और ग्याङस्टार–३ सिनेमाघरमा २७ जुलाई २०१८ मा रिलिज हुँदैछ।’ उनले एउटा फिल्मको तस्बिर पनि सार्वजनिक गरेका छन्, जसमा उनी बन्दुक समातेर कुर्सीमा बसेका छन्।

तिग्मान्सु धुलियाले फिल्मलाई रोचक र रमाइलो भनेका छन्। उनले ट्विट गर्दै भने, ‘साहब बिवी और ग्याङस्टार–३ एक नई शरारत २७ जुलाईमा रिलिज हुँदैछ। फिल्ममा अभिनेत्री नफिसा अली सञ्जयको आमाको भूमिकामा छिन्।


  •  
  •  
  •