डा. केसीसँग सरकारले वार्ता गर्न तत्काल गम्भीर पहल गर्नुपर्ने : चिकित्सक संघ

24
  •  
  •  
  •  

काठमाडौँ, ३० असार (ओएनएस) : नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले अनशनरत डाक्टर गोविन्द केसीसँग सरकारले वार्ता गर्न तत्काल गम्भीर पहल गर्नुपर्ने धारणा राखे ।

शुक्रबार काठमाडाैँमा अायाेजित एक कार्यक्रममा उनले भने,‘हामीले सरकारलाई दबाब दिन हिजोबाट जागरण अभियानसमेत सुरु गरेका छौं, हिजोबाट १ घण्टा आकस्मिकबाहेक स्वास्थ्य सेवा बन्द गरेर जागरण अभियान सुरु गरेका छौं, यो बीचमा हामीले विभिन्न दलका नेताहरुसँग भेटघाट गरिरहेका छौं।’

काठमाडौं नआएसम्म वार्ता हुँदैन भनेर सरकार र यसका मन्त्रीहरुले भन्नु दुर्भाग्य भएको उनको टिप्पणी छ । उनले भने,‘डाक्टर केसी हाम्रो संस्थाको आजिवन सदस्य हो, उहाँको जीवन रक्षाको लागि हाम्रो दायित्व हो, प्रधानमन्त्रीलाई पनि हामीले भनेका छौं, हामी भोलि बाध्य भयो भने ईमर्जेन्सीबाहेक सबै स्वास्थ्य सेवा ठप्प पार्छौं, तर यस्तो स्थिति नआओस्।’

सरकारले डाक्टर केसीसँग वार्ता गर्न चाहेको भने आफूहरु त्यसको लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न तयार रहेको पनि उनले सुनाए । उनले भने,‘तर राज्यले पेलेरै जान्छु भन्ने भावना त्याग्नुपर्यो, सरकारले यो विषयलाई गम्भिर रुपमा लिनुपर्छ, दम्भ देखाउनुभएन, वार्ताबाट सहमति खोज्नको लागि हामीले दबाबका कार्यक्रमहरु सिर्जना गरेका छौं।’


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here