सन्दीपले आजबाट बंगलादेश प्रिमियर लिग खेल्दै

562
  •  
  •  
  •  

काठमाडौं, २२ पुस(ओएनएस) : सन्दीप लामिछानेले आजबाट बंगलादेश प्रिमियर लिग खेल्दैछन् ।
बिग ब्यास लिगमा उत्कृष्ट प्रदर्शन गरेर सन्दीप बंगलादेश पुगेको छन् ।

बंगलादेश प्रिमियर लिगमा आफ्नो टिमको पहिलो खेल शुरु हुनुभन्दा अगाडि शनिबार राति सिल्हेट सिक्सर्सले डिनर पार्टीको आयोजना गरेको थियो । डिनरमा सन्दीप प्रशिक्षक वकार युनिस, कप्तान डेभिड वार्नरलगायत टिमका अन्य खेलाडीसँग देखिएका थिए ।

पहिलो पटक प्रतियोगतामा सहभागिता जनाउने तयारीमा रहेका सन्दीप पहिलो खेलमा नै टिममा सम्भावना अनुभवी लेग स्पिनर इमरान ताहिरका कारण ५०–५० प्रतिशत रहेको छ ।

बिग ब्यासमा चार खेलमा आठ विकेट लिएर बंगलादेश उडेका सन्दीपको टिम सिल्हेट सिक्सर्सले आज कोमिला भिक्टोरियन्ससँग खेल्नेछ ।

ढाकामा हुने यो खेल दिउँसो सवा १२ बजेबाट शुरु हुनेछ । सन्दीपको पछिल्लो पटकका फर्मलाई बंगलादेशको भूमिमा पनि कायम राख्ने विश्वास सबैको रहेको छ । वकार युनिसको प्रशिक्षणमा रहेको सिल्हेट सिक्सर्सबाट सन्दीपले बीपीएल खेल्नछन् ।


  •  
  •  
  •