बीपीएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन

27
  •  
  •  
  •  

काठमाडौं, २२ पुस(ओएनएस) : बंगलादेश प्रिमियर लिग (बीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

सिल्हेट सिक्सर्सका बलर सन्दीपले कोमिला भिक्टोरियन्सविरुद्ध २ विकेट लिए । उनले कोमिलाका सोएब मल्लिकलाई १३ रन र अनमुल हकलाई ५ रनमा आउट गरे ।

सन्दीपले मलिकलाई १२ ओभरको अन्तिम बलमा सब्बीर रहमानको हातबाट क्याच गराए । हकलाई भने सन्दीपले १५ ओभरको दोस्रो बलमा बोल्ड गरेका थिए । सन्दीपले ४ ओभरमा २ विकेट लिँदा १६ रन मात्र खर्चिए । यद्यपी सन्दीपको टिम सिल्हेटले प्रतियोगिताको आफ्नो खेलमा खेल व्यहोर्नु प¥यो ।

सिल्हेटलाई कोमिलाले ४ विकेटले हरायो । ढाकामा सिल्हेटले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १ सय २७ रन जोडेको थियो । उसका लागि नोकोसाल पुरनले ४१ रन जोडे ।

१ सय २८ रनको लक्ष्य कोमियाले १ बल खेल्न बाँकी छदा ६ विकेटको क्षतिमा पार र्गयो । कोमिलाका लागि साहिद अफ्रिदीले २५ बलमा नटआउट ३९ रन जोडे ।


  •  
  •  
  •