सञ्चारिका समूहकाे अध्यक्षमा नितु पण्डित

70
  •  
  •  
  •  

काठमाडौं, ३१ भदौँ (ओएनएस) : सञ्चारिका समुहको सातौं महाधिवेशन तथा २२ अाैँ साधारणसभाले नितु पण्डितको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएकाे छ।

समितिको उपाध्यक्षमा कमला पन्थी, महासचिवमा विमला तुम्खेवा, सचिवमा यशोदा अधिकारी, कोषाध्यक्षमा सीमा शर्मा सर्वसम्मत चयन भएकी छिन् । यस्तै सदस्यहरुमा कृति भट्टराई, पवित्रा सुनार, रुवी रौनियार, उर्वसी बस्न्यात, दुर्गा कार्की, बसन्ती बास्तोला, कविता थापा र सञ्चिता घिमिरे सर्वसम्मत चयन भएका छन् ।

यसअघिका वर्षहरुमा यसरी नयाँ कार्यसमिति चयन गर्दा निर्वाचन नै गर्नुपर्थ्याै तर यसपटक भने सर्वसम्मत चयन गरिएकाे समुहको नेतृत्व सम्हालेकी नितु पण्डितले बताइन्। उनका अनुसार नयाँ कार्यसमितिकाे कार्यकाल २ वर्षकाे लागि हुनेछ।

यसै अवसरमा सञ्चारिका समूहबाट चार जना पत्रकार पुरस्कृत समेत भएका छन् । सञ्चारिकाले यस वर्षको ‘सञ्चारिका समानता पुरस्कार २०७४’ पत्रकार सन्त गाहा मगरलाई प्रदान गरेको छ । समूहले हरेक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार मगरले हिमाल खबर पत्रिकामा लेखेका ’समाज नै संवेदनाहीन’ फिचरको लागि दिइएको हो ।

त्यसैगरी समूहले २०७४ सालको स्व। उमा सिंह पत्रकारिता पुरस्कार २०७४ अछाम जिल्लाबाट पत्रकारिता गर्दै आएकी पत्रकार गीता कुँवरलाई प्रदान गरेको छ ।

पत्रकार कुँवर अछामबाट अन्नपूर्ण पोष्ट दैनिक पत्रिकाको लागि रिपोर्टिङ गर्छिन् । उक्त पुरस्कार स्व। पत्रकार उमा सिंहको नाममा स्थापना गरिएको र महिला पत्रकारलाई पेशामा थप उत्साह बढाउनका लागि २०६६ सालमा स्थापना भएको थियो । उक्त पुरस्कारको राशि ७ हजार एक सय ११ रुपैयाँ रहेको छ । त्यस्तै सञ्चारिका प्रोत्साहन पुरस्कार २०७४ देशसञ्चार अनलाइनमा कार्यरत वर्षा शाह र कान्तिपुर दैनिकमा कार्यरत पत्रकार शिल्पा कर्णलाई प्रदान गरेको छ ।

उक्त पुरस्कार सञ्चारिका समूहको सातौं महाधिवेशन र २२ औंं वार्षिक साधारण सभाको अवसरमा आज उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरे र विशेष अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

यसवर्ष पनि ३ सदस्यीय छनौट समिति बनाई समूहले लैङ्गिक समानतामा आधारित समाचार फिचरबाट छनौट गरिएका फिचरलाई शैली, विषयवस्तु, सन्देश, लैङ्गिक संवेदनशीलता, अन्वेषणजस्ता विषयवस्तुलाई आधार बनाएर मूल्याङ्कनको लागि दिइएको थियो ।

छनौट समितिमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, सञ्चारिका समूहका पूर्वअध्यक्ष तथा सल्लाहकार बबिता बस्नेत र सञ्चारिका समूहका संस्थापक अमृता लम्साल रहेका थिए ।


  •  
  •  
  •