‘समृद्ध नेपाल, सुखी नेपाली’ को संकल्प पूरा गर्न पृथ्वीनारायण शाहको दृष्टिकोण प्रेरणादायी : राष्ट्रपति

26
  •  
  •  
  •  

काठमाडौं, २७ पुस(ओएनएस) : राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दै राष्ट्रलाई समुन्नत, स्वावलम्बी र सक्षम बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएकी छिन् ।


राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले पुर्खाहरूको वीरता, चातुर्य र स्वाभिमानयुक्त गुणले गर्दा नै हामीलाई सदासर्वदा स्वाधीन मुलुकको नागरिकका रूपमा शिर ठाडो पारेर बाँच्न मद्दत पु¥याएको बताएकी छिन् ।

उनले एकीकरण नभएको भए औपनिवेशिकताको प्रवाहलाई रोक्न सकिने थिएन र स्वतन्त्र राष्ट्रका रूपमा उठ्न र स्वतन्त्र राष्ट्रकै रूपमा रहन पनि सम्भव थिएन भनेकी छन् ।

पृथ्वीनारायण शाहका जीवन्त दृष्टिकोण सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को संकल्प पूरा गर्न प्रेरणादायी हुने उनको विश्वास छ ।

 


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here