समाजवादका लागि सबै कम्युनिष्टको एउटै केन्द्र बन्न जरुरी:प्रचण्ड

लहड र रहरले क्रान्ति हुन्न
70
  •  
  •  
  •  

काठमाडौ,१ फागुन(ओएनएस): नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सबै कम्युनिष्टहरुलाई एउटै कम्युनिष्ट केन्द्रमा सामेल हुन आह्वान गरेका छन्।

माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा आयोजित ‘२३ औं जनयुद्द दिवस’को अवसरमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समृद्धि र समाजवादको निर्माण गर्ने असाधारण ऐतिहासिक अवसर रहेको बताउँदै सबै कम्युनिष्टहरुलाई एउटै केन्द्रमा समाहित हुन आव्हान गरेका हुन्।

‘अहिले समृद्धि र समाजवादको आधार तयार गर्ने ऐतिहासिक असाधारण अवसर हाम्रा सामु छ ।’ अध्यक्षले भने, “लहड र रहरले क्रान्ति हुन्न, त्यसो हुने भए हामीले २०४६ साल अघि नै जनयुद्द शुरु गरिसक्थ्यौं, त्यसैले वैद्य, विप्लव लगायत सबै कम्युनिष्टहरुलाई इतिहासको आवश्यकता बुझेर महान एकता प्रक्रियामा सहभागी हुन आह्वान गर्दछु ।

सवै कम्युनिष्टहरु एक ठाउँमा नआएसम्म समाजबाद स्थापना हुन नसक्ने भन्दै अध्यक्ष प्रचण्डले भने, “विप्लव जी, वैद्य जीहरुले द्वन्द्वात्मक भौतिकवादलाई यथार्थमा बुझ्न विशेष अपील गर्दछु । माओले मास लाइनको कुरा गर्नुहुन्थ्यो, अहिले नेपाली जनताले के चाहेका छन्, त्यो बुझेर एकतामा आउन आह्वान गर्न चाहन्छु । यो मेरो अपील मात्रै होइन, विशेष अपील पनि हो ।”

समाजवादका लागि झन ठूलो जनताको साथ र शक्ति आवश्यक हुन्छ । त्यो शक्ति सञ्चय गरेर अघि बढन नेपालका सबै कम्युनिष्टहरु एक बन्नु जरुरी छ । अहिलेको ऐतिहासिक बस्तुगत अवस्था यही हो।

२०४६ साल अगाडि नै हतियार जम्मा गरेर क्रान्तिको तयारी गर्ने भएपनि त्यतिखेर आम जनता भने पञ्चायतविरोधी आन्दोलनको मनस्थितिमा रहेकोले छापामार युद्द सञ्चालन गरे पञ्चायतलाई नै सहयोग पुग्ने निश्कर्षमा पुगेर जनआन्दोलनमा सहभागी भएको प्रचण्डले बताए । “त्यतिखेर म पार्टीको महामन्त्री थिए र युद्दको प्राविधिक तयारीको जिम्मेवारी पनि मेरो नै थियो ।” अध्यक्षले भने, “तर हामीले बस्तुगत अवस्थाको विश्लेषण गर्दा नयाँ जनवादी क्रान्ति सुरु गर्दा पञ्चायतलाई नै फाइदा पुग्ने हामीलाई लाग्यो । जनताको चाहना पञ्चायत फाल्ने थियो । हामी संयुक्त आन्दोलनमा होमियौं ।”

२०४६ पछि पाँच वर्ष संसदीय व्यवस्थाको उपयोग गरेर जनयुद्द