६ सय ६२ सहसचिवको समायोजन(सूचीसहित)

20
  •  
  •  
  •  

काठमाडौं, २९ माघ(ओएनएस) : सरकारले ६ सय ६२ सहसचिवको समायोजन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ६ सय ६२ सहसचिवलाई समायोजन गरेको हो ।

प्रवक्ता सुरेश अधिकारीका अनुसार ती सहसचिवको मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि समायोजन गरिएको बताए । उनका अनुसार आवेदन दिएको आधारमा संघमा ५ सय ६० र प्रदेशमा १ सय २ सहसचिवको समायोजन गरिएको बताए ।
यसअघि सरकारले सचिव र ८ सय ४८ उपसचिवको समायोजन गरिसकेको छ ।

समायोजन गरिएका सहसचिवको समायोजनको पत्र तयार भइरहेको र चाँडै नै समायोजनको पत्र दिने मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले बताए ।

सरकारले संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि यही माघ २ गतेसम्म अनलाइन फाराम भर्न समयसीमा तोकेको थियो ।

सरकारले आगामी फागुन ३ गतेसम्म अनलाइन आवेदनका आधारमा सबै कर्मचारीको समायोजन गरिसक्ने लक्ष्य लिएको छ । सरकारले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ कर्मचारी समायोजन गर्दैछ ।

हेर्नुहोस्


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here