भारतबाट भित्र्याइएको २३ बोरा ढिके नुन बरामद

232
  •  
  •  
  •  

धनगढी, २० मंसिर  (ओएनएस) : साल्ट ट्रेडिङ अञ्चल कार्यालय कैलालीले कञ्चनपुरको देखतभुली गाबिस १ चाददेबबाट अबैध रुपमा भारतबाट ल्याइएको २३ बोरा गुणस्तरहीन ढिके नुन बरामद गरेको छ ।

साल्ट ट्रेडिङ अञ्चल कार्यालयका सहायक महाप्रबन्धक केशबप्रसाद पाण्डेको नेतृत्वमा सशसस्त्र प्रहरीको सहयोगमा देखतभुलीस्थित दाउन्ने बजारबाट नुन बरामद गरिएको हो ।  चददेबमा रहेको दिनेश किराना एण्ड वाइन सप बाट २१ बोरा र शिव मदिरा पसलबाट २ बोरा भारतबाट ल्याइएकोे ढिके नुन बरामद गरिएको सहायक महाप्रवन्धक पाण्डेले जानकारी दिए ।

सञ्चालक दिनेश राना र मानबहादुर चौधरीलाई अबैध नुनको कारोबार अभियोगमा कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई जानकारी गराउने समेत पाण्डेले बताए ।


  •  
  •  
  •