सालकको खपटासहित दुर्इ काराेबारी पक्राउ

446
  •  
  •  
  •  

काठमाडौं,२३ असोज (ओएनएस) : दोलखामा सालकको खपटासहित दुर्इ काराेबारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुली जिल्ला कमलामाई नगरपालिका–३ बस्ने २३ वर्षीय अर्जुन देवकोटा र १९ वर्षीय सौरभ गोले रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

उनीहरुको साथबाट दुई केजी ९०० ग्राम संरक्षित वन्यजन्तु सालकको खपटा प्रहरीले बरामद गरेको छ । नेपालमा संरक्षित वन्यजन्तुकाे सुचीमा सुचीकृत गरिएकाे छ ।

पक्राउ परेका देवकोटाले भिरेको झोला प्रहरीलाई शङ्का लागेर खानतलासी गर्दा झोलाभित्र निलो प्लाष्टिकमा पोको पारी राखेको अवस्थामा दुई केजी ९०० ग्राम सालकको खपटा फेला परिएकाे प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई डिभिजन वन कार्यालयमा बुझाइने प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले बताए ।

जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटेको टोलीले भीमेश्वर नगरपालिका–३ स्थित लामाचौर आसपासको महादेव मन्दिरबाट उनीहरुलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।


  •  
  •  
  •