शहीद स्मारक ए डिभिजन लिग : छैटौं चरणका खेल शुरु

26
  •  
  •  
  •  

काठमाडौं, १८ मंसिर(ओएनएस) । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत छैटौं चरणका खेल मंगलबारबाट शुरु हुँदैछन् ।


मंगलबारको पहिलो खेल एपिएफ क्लब र एनआरटीबीच हुँदैछ । अर्को खेलमा नेपाल पुलिस क्लब र संकटा क्लब भिड्ने छन् । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ ।

प्रतियोगिता अन्तर्गत बुधबार मनाङ मस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच, च्यासल युथ क्लब र हिमालयन शोर्पाबीच तथा थ्रीस्टार र सरस्वति युथ क्लबबीच खेल हुनेछ ।

बिहीबार त्रिभुवन आर्मी क्लबले फ्रेन्ड्स क्लबसँग, ब्रिगेड ब्वाइज क्लबले मछिन्द्र क्लबको सामना गर्नेछ । मंसिर २२ गतेदेखि सातौँ चरणका खेल शुरु हुनेछन् ।


  •  
  •  
  •