विभिन्न विधामा अध्ययन-अनुसन्धान गर्न सहमति

863
  •  
  •  
  •  

काठमाडौं, २४ माघ(ओएनएस) : त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभाग र कुलचन्द्र गौतम स्मृति संस्थाबीच संस्कृत केन्द्रीय विभागको नाममा बहुउदेश्यीय भवन निर्माण गरी संस्कृत, साहित्य, वेद, योग लगायतका विधाहरुमा अध्ययन/अनुसन्धान गर्ने सहमति भएको छ ।

उपकुलपति कार्यालयमा बिहीबार आयोजित सम्झौता पत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै त्रिवि उपकुलपति प्रा.डा. तीर्थराज खनियाले समाजका महत्वपूर्ण व्यक्तित्वसँग जोडिएर विश्वविद्यालयहरुका शुभचिन्तकहरुले अनुसन्धान केन्द्र खोल्ने प्रयत्न गर्नुआफैँमा पवित्र काम भएको बताए ।

विद्वानहरुको नाममा स्थापित संघसस्थाले विश्वविद्यालयका केन्द्रीय विभागहरुसँग सहकार्य गर्दा प्राज्ञिक गतिविधि बढ्नुको साथै ज्ञान उत्पादनमा महत्वपूर्ण सहयोग प्राप्त हुने उनको भनाइ थियो ।

कुलचन्द गौतम स्मृति संस्थाका अध्यक्ष डा.प्रसन्नचन्द्र गौतमले संस्कृत र नेपाली साहित्यका विद्वान कुलचन्द्र गौतमको नाममा त्रिभुवन विश्वविद्यालयमा प्राज्ञिक अध्ययन एवं अनुसन्धान हुनु मुलुककै लागी गर्वको विषय रहेको बताए ।

उनले संस्कृत केन्द्रीय विभागको नाममा ४ हजार वर्गफिटको भवन निर्माण गरी प्राज्ञिक एवं अनुसन्धानका कार्य अगाडि वढाउने प्रतिवद्धता व्यक्त गरे ।

त्रिवि संस्कृत केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा नारायणप्रसाद विद्धान कुलचन्द्र गौतमको नाममा प्राप्त सहयोगले संस्कृत केन्द्रीय विभागमा योगमा स्नातक विषय सञ्चालयमा ल्याउने र संस्कृत विषयका प्राज्ञिक अनुसन्धान कार्यलाई अघि वबाउने बताए ।

सम्झौतापत्रमा त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभागको तर्फबाट विभागका प्रमुख प्रा.डा नारायण प्रसाद गौतम र कुलचन्द्र गौतम स्मृति संस्थाका अध्यक्ष डा.प्रसन्नचन्द्र गौतमले हस्ताक्षर गरेका थिए ।


  •  
  •  
  •