सरकार र आन्दोलन सरकारी चिकित्सकबीच ८ बुँदे सहमति

20
  •  
  •  
  •  

काठमाडौं, ३० पुस(ओएनएस) : सरकार र आन्दोलन सरकारी चिकित्सकबीच ८ बुँदे सहमति भएको छ । स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक गुणराज लोहनी नेतृत्वको टोली र सरकारी चिकित्सक संघ (गोदान) बीचको सोमबार भएको वार्तामा सहमति भएको हो ।

सहमतिअनुसार कर्मचारी समायोजन अध्यादेशअनुसार कर्मचारी समायोजन गर्दा हाल संघीय लोकसेवा आयोगबाट नियुक्त भएका स्वास्थ्य सेवातर्फबाट चिकित्सकलगायतका अधिकृतस्तरका कर्मचारीलाई संघीय सरकारले परिचालन गर्ने गरी आवश्यक व्यवस्था गर्न सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको छ ।

यस्तै, स्वास्थ्य मन्त्रालयको संघ, प्रदेशको सांगठनिक संरचना बनाउँदा स्वास्थ्य सेवातर्फका ११ औं तह वा सोभन्दा माथ अलग्गैसमूह नराख्ने गरी कानून निर्माण गर्न मन्त्रालयले पहल गर्ने तथा संघीय निजामति सेवामार्फत् परिचालन गर्दा स्वास्थ्य सेवाको कर्मचारी पनि अन्य मन्त्रालयको सचिव पदको लागि पनि समान प्रतिस्पर्धी हुने गरी निजामति सेवा विधेयकमा आवश्यक व्यवस्था गर्ने सहमति भएको छ ।

एउटै छाता ऐन ल्याई स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई व्यवस्थित गर्ने र हालसम्म प्रतिष्ठानहरुले सन्चालन गरेका सम्पूर्ण अस्पतालहरु नेपाल सरकारअन्तर्गत नै रहने र सोका कार्यकारी प्रमुख स्वास्थ्य सेवाको कर्मचारीमध्येबाट नियुक्त गर्ने, स्वास्थ्यसेवातर्फको ११ औं तहमा खुला प्रतियोगिताबाट पदपूर्ति गर्ने व्यवस्था हटाउने र एक चिकित्सक, एक स्वास्थ्य सेवाको अवधारणालाई कार्यान्वयन गर्न विस्तारित अस्पताल सेवा र नन अलाउन्स भत्ताको व्यवस्था गरी नेपाल सरकारअन्तर्गतका सबै अस्पतालमा लागू गर्ने सहमति समेत भएको छ ।

यस्तो छ सहमतिपत्र


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here