पूर्व प्रहरी महानिरीक्षक बोहोरालाई सर्वोच्चले दियो सफाइ

27
  •  
  •  
  •  

काठमाडौं, २० मंसिर(ओएनएस) । सर्वोच्च अदालतले भ्रष्टाचार आरोप लागेका पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहोरालाई सफाइ दिएको छ ।

न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले बिहीबार बोहोराले कुनै अकूत सम्पत्ति आर्जन नगरेको ठहर गर्दै सफाइ दिएको हो ।

बोहोरालाई विशेष अदालतले अवैध सम्पत्ति जोडेको अभियोगमा डेढ वर्ष कैद सजाय बिगो र जरिवाना गरी ५३ लाख ६२ हजार रुपैयाँ बराबर असुल हुने र १ डेढ वर्ष कैद हुने फैसला सुनाएको थियो ।

२०६१ साउन २९ गते अख्तियारले बोहराविरुद्ध विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । न्यायाधीशहरु भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्र शमशेर राणाको इजलाशले २०६४ जेठ १३ गते उनलाई सफाइ दिएको थियो ।
सो विरुद्ध सरकारले पुनरावेदन गरेको थियो । मुद्दा पुनः विशेष अदालत फर्किएको थियो ।

विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की र न्यायाधीशहरु ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलाशले २०६८ चैतमा दोषी ठहर हुने फैसला सुनाएको थियो ।  उक्त फैसला त्रुटिपूर्ण रहेको भन्दै सर्वोच्चले सफाइ दिएको हो ।
बोहराको सम्पत्तिमध्ये २ करोड ३८ लाख रुपैयाँ अवैध देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here