आरआर क्याम्पसमा स्ववियु निर्वाचन चैत १५ मा

694
  •  
  •  
  •  

काठमाडाैं, १२ चैत (ओएनएस) : राजधानस्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) यसअघि स्थगित स्ववियु निर्वाचन चैत १५ गते हुने भएको छ ।

सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार चैत १५ गते स्ववियु निर्वाचनको मिति तोकिएको क्याम्पस प्रशासनले जनाएको छ ।
मंगलबार बिहान ८ बजेदेखि ५ बजेसम्म मतदान हुने क्याम्पस प्रशासनले जनाएको छ । क्याम्पसले पूर्वप्रकाशित अन्तिम नामावलीमा समावेश विद्यार्थीलाई मतदानमा सहभागी हुन भनेको छ ।

त्रिभुवन विश्वविद्यालयले फागुन १८ गते तोकेको समयमा मतदान हुन नसकेपछि फागुन २३ गतेका लागि मतदान मिति सारिएको थियो । तर, आरआरमा स्ववियु निर्वाचन गत फागुन २३ गते पनि विवादका कारण स्थगित भएको थियो ।

आरआरको स्ववियु अन्तिम समयमा आएर मतदानमा बाधा गरेको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो । सर्वोच्च अदालतले चैत्र २ गते निर्वाचन गर्नु गराउनु भनी क्याम्पसका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

RR campus


  •  
  •  
  •