प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्चमा किन पर्याे रिट

250
  •  
  •  
  •  

काठमाडौं, २३ फागुन (अाेएनएस) : सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध रिट परेको छ।

संसद्को सपथ नलिई ओली प्रधानमन्त्री बनेको भन्दै उनीविरुद्ध रिट परेको हो।

सांसदकाे सपथ नलिएको व्यक्तिलाई संसदले नचिन्ने र त्यस्ता व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने प्रावधान कानुन भएकाे भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले रिट दायर गरेका हुन्। ओलीले कानुनकाे पालन नगरेकाे रिटमा भनिएकाे छ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका ओली फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। उनले त्यही दिन  प्रधानमन्त्रीको लागि दाबी गरेका थिए र सपथ पनि लिएका थिए। प्रधानमन्त्री बनेपछि मात्रै उनी दलको नेतामा चयन भएका थिए।

रिटमाथि सुनवार्इका शुक्रबारका लागि पेशी तोकिएको छ।

सांसदको रुपमा भने ओलीसहित सम्पूर्ण सांसदहरुले फागुन २० मा सपथ लिएका थिए।


  •  
  •  
  •