कञ्चनपुर हत्या प्रकरण : जमानीमा विष्ट र बम दिदी-बहिनीलाई छाडियो

60
  •  
  •  
  •  

काठमाडौं, २६ भदाैँ (अाेएनएस) : कञ्चनपुरको पुरै सुरक्षा युनिट फेरिएर नयाँ प्रहरी प्रमुख एसपी कुबेर कडाँयतले हत्या प्रकरणको अनुसन्धान नयाँ शिराबाट गर्ने क्रममा गत ७ गते पक्राउ परेका बम दिदी–बहिनी रोशनी र बबितालाई छाडिएको छ।

रोशनीलाई जिम्मा जमानीमा र बबितालाई ३० हजार धरौटीमा छाडिएको जिल्ला प्रहरी कार्यालयका एसपी कुबेर कडायतले बताए।

त्यस्तै २४ दिनअघि पक्राउ गरी घटनाको मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरिएका भीमदत्त नगरपालिका–१९ बाग्फाँटाका दीलिप विष्टलाई पनि प्रहरीले जिम्मा जमानीमा छाडेको छ ।

विष्टको डिएनए परीक्षण रिपोर्ट मेल नखाएको रिपोर्ट आएपछि मुद्दा चलाउने यथेश्ट प्रमाण नभेटिएपछि सरकारी वकिलको राय अनुसार मंगलबार उनलाई आवश्यक परे उपस्थित हुने गरी छाडिएको हो।

विष्टलाई उनका दाइ खडकको जिम्मा लगाइएको हो भने बम दिदी–बहिनीलाई बुवा नरेन्द्रको जिम्मा लगाएर छाडिएको हो।

भीमदत्त नगरपालिका–२ उल्टाखामकि १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरी अदालतबाट म्याद थप समेत गरेको थियो।

‘उनीहरुलाई मुद्दा चलाउने यथेश्ठ प्रमाण नभेटिएपछि छाडिएको हो,’ एसपी कडायतले भने, ‘तर उनीहरु हाम्रो निगरानीमा भने हुन्छन्, प्रमाण भेटिए फेरी मुद्दा चलाउन सकिनेछ।’ उनले आवश्यकता परे उपस्थित हुने सर्तमा छाडिएको बताए।


  •  
  •  
  •