मंगलवार, आषाढ १३, २०७४ | Tuesday, June 27, 2017
न्युज अपडेट

सवारी चालक अनुमति पत्रको परीक्षा चुनावपछि

driving trial

काठमाडौ, ५ असार (ओएनएस) : वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुनाले अब सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा लिने र परीक्षण गर्ने (ट्रायल) लिने काम बन्द गरेको छ ।

कार्यलयका कर्मचारी र सुरक्षाकर्मी निर्वाचन कार्यमा खटिएका कारण दुवै काम बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका प्रवक्ता डा. टोकराज पाण्डेले कर्मचारी र सुरक्षाकर्मी निर्वाचनबाट फर्केपछि मात्रै लाइसेन्सको काम पुनः सञ्चालन जानकारी दिए ।

Comments are closed.

'
Scroll To Top