रिभ्यु : चलचित्र सुल्तान

786
  •  
  •  
  •  

चलचित्र सुल्तान आजदेखि प्रदर्शनमा आएको छ । चलचित्र ‘सुल्तान’लाई धेरैले व्यग्र भएर प्रतिक्षा गरेको चलचित्र हो । बलिउडका सुपरस्टार सलमान खानको अभिनय, यश राज फिल्म्सको ब्यानरमा निर्माण भएको र इदका अवसरमा सार्वजनिक भएकाले पनि यस चलचित्रको क्रेज थप बढेको छ ।

सुल्तान हेर्नका लागि भारत तथा नेपालमा पनि निकै भीड लागेको छ । सुल्तान हेर्न व्यग्र प्रतिक्षामा रहेकाहरूको प्रतिक्षाको घडि समाप्त भएपछि चलचित्रले पनि निकै ठूलो धमाका गर्ने अपेक्षा गरिएको छ । पहिलो शो नभएपनि पहिलो दिनमा उक्त चलचित्र हेर्न भनेर आजको दिन नै छुट्याएर हलमा पुग्नेहरूको पनि कमी छैन् ।

चलचित्र सार्वजनिक भएपछि यसले थुप्रै बक्स अफिसका रेकर्ड तोड्ने अनुमान पनि भारतीय चलचित्र विश्लेषकको छ ।

आखिर चलचित्र कस्तो छ, कस्तो भूमिकामा छन् चलचित्रका कलाकार ?
सुल्तान अली खान(सलमान खान) हरियाणाको बरोली गाउको एक पहलवान हुन्, जसले आरफा(अनुष्का शर्मा) नामकी रेस्लरसँग प्रेम गर्छन् । तर, आरफा उसलाई साथी मात्र सोच्छिन् । जब सु्ल्तानले आरफालाई आफ्नो साथीहरूमाझ आफ्नो प्रेमीकाको रूपमा भेटाउँछन्, तब उनी रिसाउँछिन् । उसलाई गाली गर्दै आरफा भन्छिन्, ‘मानिसले त्यसलाई प्रेम गर्नुपर्छ, जसप्रति आफ्नो नजरमा इज्जत हुन्छ ।’

त्यही इज्जत कमाउनका लागि सुल्तान विश्वलाई जित्ने सोचका साथ अगाडि बढ्छ । व्यवसायीक रेस्लर बनेर दिल्ली कमनवेल्थ गेम्स २०१०, इस्तानबुलमा २०११ मा एफआईएलए विश्व कुस्ती च्याम्पियनसिप र लण्डन ओलम्पिक(२०१२)मा भारतलाई जित दिलाउँछन् ।
यसपछि आरफाले सुल्तानसँग विवाह गर्छिन्, तर यसबीचमा उसको जीवनमा यस्तो हुण्डरी आउँछ कि उसले रेस्लिंगबाट बिदा लिन्छ । के हो यसको कारण ? के रेस्लिङमा सुल्तान फर्किछन् ? यो थाहा पाउनका लागि भने चलचित्र हेर्नै पर्ने हुन्छ ।

अभिनय :

सलमान खानले सुल्तानको भूमिकालाई निकै सहज तरिकाले निभाएका छन् । उनी आफ्नो व्यक्तिगत र व्यवसायीक चरणमा वस्तुहरूलाई राम्रोसँग सामना गर्न सक्छन् । सलमानको शारीरिक रूपमा गरिएको तयारी र हरियाणाको सम्वादमा पनि निकै सहजतापूर्वक पर्दामा देखिएका छन् । सलमानन र अनुष्काको अन-स्क्रिन केमेष्ट्री पनि निकै उत्कृष्ट रहेको छ । अनुष्काले आरफाको भूमिकालाई राम्रो न्याय गरेकी छन् । त्यस्तै, रणदीप हुड्डा(सुल्तान)को प्रशिक्षक र अमित साध(व्यापारी)ले पनि आफ्नो भूमिका राम्रोसँग निभएका छन् ।

निर्देशन ः

निर्देशक अली अब्बास जफरले पनि राम्रो काम गरेका छन् । हरेक फ्रेममा उनको मेहेनत देखिएको छ । फरक-फरक स्थानमा दृश्यको हिसाबले निकै राम्रो दृश्य देखाउन सफल भएका छन् । तर, कथालाई थप छोटो बनाउन सकिने भएपि त्यसलाई कम गरिएको छैन् । एक समयमा चलचित्र लामो भएको अनुभव पनि हुन्छ । चलचित्रमा द्वन्द्वका दृश्यहरू निकै राम्रो रूपमा प्रस्तुत गरिएको छ ।

संगीत ः

सुल्तानको म्युजिक एल्बम पहिले देखि नै चर्चित भएको छ । ‘बेबी को बेस…, जग घुमैया… जस्ता गीत दर्शकबीच चर्चित रहेको छ । विशाल शेखरले चलचित्रको कथाको हिसाबले गीत बनाएका छन् । यसमा रोमान्टिक गीतहरु पनि समावेश गरिएको छ । तर, चलचित्रको १-२ गीत भने जबरजस्ति राखिएको छ, जसले चलचित्रलाई लामो बनाएको छ ।

चलचित्र हेर्ने कि नहेर्ने ?

यदी तपाईँ सलमानको प्रशंसक हुनुहुन्छ भने सुल्तान तपाईकै लागी बनाइएको हो । यसका साथै कलाकारहरुको अभिनय, म्युजिक र राम्रो कथाका लागि हेर्न सकिन्छ । तर, चलचित्र लामो हुनुले यसलाई असर गर्न सक्छ ।

(स्रोत ः भाष्कर दैनिक)


  •  
  •  
  •