कञ्चनपुरमा फेरि १० वर्षीया बालिका बलात्कृत, आरोपी पक्राउ

68
  •  
  •  
  •  

काठमाडौं, २७ भदाै (अाेएनएस) : कञ्चनपुरमा फेरि एक बालिका बलात्कृत भएकी छन् । निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटना रहस्यमय बनिरहेका बेला फेरि कञ्चनपुरमै १० वर्षीया बालिका बलात्कृत भएकी छन् ।

ती बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा महाकाली नगरपालिका–४ का ४० वर्षीय आइते सुनारलाई प्रहरीले नियन्त्रमा लिएको छ । मङ्गलबार साँझ सुनारले बालिकामाथि जबर्जस्ती करणी गरेका थिए ।

सुनारलाई स्थानीयवासीको सहयोगमा इलाका प्रहरी कार्यालय दोधाराले नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।


  •  
  •  
  •