रेडकर्नर नाेटिस जारी भएका मनाङे जेल चलान

मनाङे र गणेश लामासँगै एउटै जेलमा
146
  •  
  •  
  •  

काठमाडौं, ७ वैशाख (ओएनएस): रेडकर्नर नाेटिस जारी भएका फरार सांसद दीपक मनाङे(राजिव गुरुङ)लाई जेल चलान भएका छन्।

डन पृष्ठभुमीका मनाङे बिहिबार श्वायम्भु बाट पक्राउ परेका हुन्। विशेष सूचनाकाे अाधारका महानगरीय प्रहरी परिसर काठमाडौंद्धारा खटिएकाे प्रहरी टाेलीले ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका मनाङेलाई पक्राउ गरेको हो।

फैसला कार्यान्वायनका लागि उनलाई अदालतमा उपस्थित गरार्इ अदालतकाे अादेशले मनाङेलार्इ कारागार चलान गरिएकाे परिसरका प्रवक्ता डिएसपी मोहन थापाले बताए।

गत माघकाे पहिलाे साता सर्वाेच्च अदालतले मनाङेलार्इ दाेषी ठहर गरेपछि उनी फरार भएका थिए।

फरार भएपछि मनाङेकाे खाेजीका लागि प्रहरीले चेत्र पहिलाे साता रेडकर्नर नाेटिससमेत जारी गरेकाे थियाे । जसकारण उनकाे खाेजी १ सया २२ देशमा हुन थालेकाे थियाे।

काठमाडौं जिल्ला अदालतले उनलाई डिल्लीबजार कारागार चलान गर्न अादेश दिएकाे हो।

२०६१ साल बैशाख ३१ गते पानीपोखरीको चाइनिज चुफाङ रेष्टुरेन्टमा मिलन चक्रेको हात छिनाएको घटनामा उनलाई ५वर्ष कैद सजाय भएको थियो। जसमध्ये ३ वर्ष कैद भुक्तान गर्न बाँकी छ।

हातहतियार तथा खरखजना मुद्दामा जेल परेका गणेश लामासँगै मनाङेपनि साेही डिल्लिबजार कराागारमा रहने प्रहरिले जनाएकाे छ।


  •  
  •  
  •