सूर्तिजन्य पदार्थ नै नसर्ने रोगको प्रमुखकारण : डा. पौडेल

awarness programकाठमाडौं, ११ जेठ (ओएनएस) : क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले नेपालमा सूर्तिजन्य पदार्थको सेवन एक विकराल समस्याको रुपमा रहेको बताएका छन् ।

राजधानीमा आयोजित सूर्तिजन्यपदार्थको रोकथाम सम्बन्धी अन्तक्र्रियामा डा. पौडेलले सूर्तिजन्य पदार्थका कारण मुटु, क्यान्सर, दम, लगायत विभिन्न किसिमका रोगबाट मानिस ग्रसित भएको बताएका हुन् ।

डा. पौडेलले नेपालमा ८० प्रतिशत नसर्ने रोगको प्रमुख कारण नै सूर्तिजन्य पदार्थ भएको जनाए। सूर्तिजन्य पदार्थलाई रोकथाम गर्नु सके, नेपालमा हुने स्वास्थ्य खर्चमा कमी हुने र स्वास्थ्य समाज निमार्णको लागि योगदान पुग्ने उनको विश्वास छ ।

क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरिया नेपालमा प्रत्येक दिन ४५ जना मानिसले सूर्तिजन्य पदार्थको कारण अकालमै ज्यान गुमाइरहेको जानकारी दिए । सूर्तिजन्य पदार्थविरुद्धको ऐन–२०६८ लागू गर्नको लागि सरोकारवालाहरुले जोड दिनुपर्ने उनको भनाई छ ।

साउथ वेस्टन विद्यालयका प्रिन्सिपल मनोज आचार्यले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सूर्तिजन्य पदार्थको नकारात्मक असरको बारेमा जानकारी दिन जरुरी रहेको बताए। विद्यालयले पनि अगामी दिनमा सुर्तिजन्य पदार्थको रोकथामको लागि अभियानको रुपमा कार्यक्रम संचालन गर्ने उनले प्रतिवद्धता जनाए। साउथ वेस्टन विद्यालयका प्रिन्सिपल मनोज आचार्यले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सूर्तिजन्य पदार्थको नकारात्मक असरको बारेमा जानकारी दिन जरुरी रहेको बताए। विद्यालयले पनि अगामी दिनमा सुर्तिजन्य पदार्थको रोकथामको लागि अभियानको रुपमा कार्यक्रम संचालन गर्ने उनले प्रतिवद्धता जनाए ।

कार्यक्रम क्यान्सर काउन्सिल नेपालको आयोजना र नेपाल टेलिकमको सहकार्यमा साउथ वेस्टन स्कूल, बसुन्धारा काठमाडांै विद्यालय उमेरका बालबालिकाका लागिसँग भएको थियो।

SHARE