रियल म्याड्रिडको कठिन जित, उक्लियो शिर्ष स्थानमा

55
  •  
  •  
  •  

७ असोज: स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले कठिन जित निकालेको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा रियलले स्पानियोललाई १–० गोल अन्तरले पराजित गर्दै अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको हो ।

रियल म्याड्रिडको जितमा मार्काे एसेन्सियको गोल नै निर्णायक बन्न पुगेको थियो । ऐसेन्सियोले खेलका ४१औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । दुबै टोलीले केहि राम्रा अवसर सिर्जजना गरे पनि गोलमा परिणत हुन सकेन र स्पानियोल १–० ले पराजित हुन पुग्यो ।

यस जितसँगै रियल म्याड्रिड पाँच खेलबाट १३ अंक जोड्दै शिर्ष स्थानमा छ भने एक खेल कम खेलेको बार्सिलोनाको १२ अंक सहित दोस्रो स्थानमा रहेको छ । पाँच खेल नै खेलको डिपोर्टिभो एलाभेस १० अंकका साथ तेस्रो स्थानमा रहेको छ भने यस खेलबाट पराजित हुदै ७ अंकका साथ छैटौ स्थानमा रहेको छ ।

राति नै भएका अन्य खेलमा एथ्लेटिको म्याड्रिडले गेटाफेलाई २–० गोलले पराजित गरेको छ भने डिपोर्टिभो एलाभेसले रोयो भल्लेकानोलाई ५–१ को फराकिलो गोलले पराजित गर्न सफल भयो । यस्तै सेल्टा भिगो र रियल भल्लाडिलिडले ३–३ गोलको बराबरि खेल्दा आइबरले लिगानेसलाई १–० गोलले पराजित गरेको छ ।

 


  •  
  •  
  •