रियल म्याड्रिडका पूर्व प्रशिक्षक मोरिन्होलाई एक वर्ष जेल सजाय, २० लाख युरो जरिवाना

76
  •  
  •  
  •  

काठमाडौं, २० भदौ (एजेन्सी) : रियल म्याड्रिडका पूर्व प्रशिक्षक जोसे मोरिन्होलाई एक वर्ष जेल सजाय तथा २० लाख युरो जरिवाना गर्ने गरी अदालतले फैसला गरेकाे छ। कर छलीको मामिलामा मारिन्होले उक्त सजाय स्वीकारसमेत गरेका छन् । तीन वर्ष रियलमा बिताएका मोरिन्होले आयरल्याण्ड, ब्रिटिस भर्जिन आइल्याण्ड र न्युजिल्याण्डका अफसोर कम्पनीहरु प्रयोग गरेर आफ्नो इमेज राइट बापतको रकम लुकाएको आरोप लगाइएको थियो ।

स्पेनको कर कार्यालयले सन् २०११ र १२ को बीचमा रियल म्याड्रिडको प्रशिक्षक रहँदा मोरिन्होले ३३ लाख युरो कर छली गरेको आरोप लगाएको थियो। स्पेनिस पत्रिका एल मुन्डोका अनुसार यस मामिलामा मोरिन्होले १ वर्षको जेल सजाय स्वीकार गरेका छन् ।

यद्यपि, स्पेनिस कानूनका अनुसार २ वर्षभन्दा कम जेल सजाय भएकाहरु जेलमा बस्नु नपर्ने प्रावधान रहेको कारण मोरिन्होले जेलमा भने बस्नुपर्ने छैन ।

सन् २०१७ को नोभेम्बरमा अदालतमा उपस्थित भएका मोरन्होले भनेका थिए, ‘मैले उत्तर दिइनँ, वादविवाद गरिनँ, मैले तिरे र हस्ताक्षर गरेँ ।’


  •  
  •  
  •