राष्ट्रपति चयनका लागि मतदान सम्पन्न, १८ मतदाताले हालेनन् भोट (नाम सहित)

मतगणना ४ बजेदेखि सरु हुने
92
  •  
  •  
  •  

काठमाडौं, २९ फागुन (ओएनएस) : संघीय नेपालको पहिलो राष्ट्रपति चयनका लागि मतदान सकिएको छ।  संसद भवन बानेश्वरमा दिउँसो ३ बजे मतदान सकिएको हो।

राष्ट्रपति निर्वाचनमा प्रदेशसभाका ५ सय ४९ सांसद र संघीय स‍ंसदका ३ सय ३१ सांसद गरी ८ सय ८० सांसदकाे मतदाता सूचीमा नाम थियाे तर ८ सय ६२ सा‌ंसदले भाेट हालेका थिए।

राष्ट्रपति चयनको मतदान प्रक्रियामा संघीय संसदका ५ जना र प्रदेशसभाका १३ जना सांसद मतदानमा अनुपस्थित रहेकाे निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए।

निर्वाचन आयोगका प्रवक्ता ढकालका अनुसार अपराह्न ४ बजेदेखि मतगणना सुरु हुनेछ। राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारीलक्ष्मी राई प्रतिष्पर्धामा छन्।

निर्वाचन आयोगका अनुसार सांसद अनुपस्थित सा‌सदका सदस्यहरुकाे नामावली

मतदानमा अनुपस्थित संघीय संसदका सदस्यहरु

प्रेम सुवाल
जितेन्द्रनारायण देव
रमेशप्रसाद यादव
रेशम चौधरी
बाबुराम भट्टराई

मतदानमा अनुपस्थित प्रदेशसभाका सांसदहरु

धनमाया लामा
कृष्णबहादुर चौधरी
हरिशरण आचार्य
हिमबहादुर शाही
प्रल्लाद गिरी
प्रेमबहादुर तामाङ
विराजभक्त श्रेष्ठ
मनिश सुमन
रमेश पौडेल
राजेश्वर साह
दिन पन्त
शोभा शाक्य
सुरेन्द्र गोसाइ


  •  
  •  
  •