राष्ट्रपति भण्डारीसँग बेलायती रक्षा राज्यमन्त्रीको भेट

460
  •  
  •  
  •  

काठमाडौं, १० फागुन(ओएनएस) : राष्ट्रपति विद्यादेवी भण्डारीसँग बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्यांकेस्टर शुक्रबार शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सो अवसरमा नेपाल तथा बेलायत सरकारका उच्चपदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।


  •  
  •  
  •