भण्डारी फेरि राष्ट्रपतिमा निर्वाचित

83
  •  
  •  
  •  

काठमाडौं, २९ फागुन (ओएनएस) : वाम गठबधनकी उम्मेदार राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि पुन:राष्ट्रपतिमा निर्वाचित भएकी छिन। आज भएको मतदानमा २९ हजार २ सय ७५ मतभार सहित भण्डारी विजयी भएकी हुन्।

उहाँकी प्रतिद्वन्दी कुमारी लक्ष्मी राईले ११ हजार ७ सय ३० मत पाएकी हुन् । चुनावमा संघीय संसद्का ३ सय ३१ र प्रदेशसभाका ५ सय ४९ सदस्य गरी ८ सय ८० जना मतदाता रहेकोमा १८ जना अनुपस्थित थिए ।

संघीय संसदका सदस्यको मतभार ७९ र प्रदेशसभाका सदस्यको मतभार ४८ कायम गरिएको थियो ।

जम्मा ५२ हजार ५ सय मतभार कायम रहेको चुनावमा २६ हजार २ सय ५१ मतभार प्राप्त गर्ने उम्मेदवार विजयी हुनेमा भण्डारीले २९ हजार २ सय ७५ मतभार प्राप्त गरेकी हुन्।


  •  
  •  
  •