पृथ्वी जयन्तीमा राप्रपाको चियापान

18
  •  
  •  
  •  

काठमाडौं, २६ पुस(ओएनएस) : पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

राष्ट्रिय एकता दिवस एवं २ सय ९७ औं पृथ्वी जयन्तीको अवसरमा राप्रपाले वर्ष पनि पौष २७ गते चियापान कार्यक्रमको आयोजना गर्न लागेको हो ।

शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हुने चियापानका लागि अध्यक्ष कमल थापाको नामबाट विशिष्ट अतिथि र पार्टी सदस्यहरुका लागि दश हजार कार्ड वितरण गरिएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

अपरान्ह एक बजेदेखि तीन बजेसम्म हुने चियापान समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, संवैधानिक अंगका प्रमुखहरु, निजामती, जंगी सेवाका बहालवाला र पूर्व विशिष्ट पदाधिकारीहरु, विदेशी कुटनैतिक नियोगका प्रमुखहरु, आमसञ्चार माध्यम, नागरिक समाज र सामाजिक जीवनका विशिष्ट व्यक्तिहरुलाई निमन्त्रणा गरिएको छ ।

राप्रपाले राष्ट्रिय एकता दिवसलाई पर्वका रुपमा मनाउन र सार्वजनिक बिदा दिन सरकारसँग मागसमेत गरेको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here