साथीकै सहयाेगमा साथी भर्इन् सामुहिक बलात्कारकाे शिकार!

8
  •  
  •  
  •  

काठमाडौं, २५ असाेज (ओएनएस) : माेरङमा साथीकै सहयाेगमा एक १३ वर्षीया बालिका सामुहिक बलात्कारकाे शिकार भएकी छन्। जन्मदिन मनाउन आएकी ती बालिकालाई आफ्नै साथीले विश्वासघात गरेपछि उनी बलात्कारकाे शिकार भएकी हुन्। पथरीशनिश्चरे नगरपालिकामा ती बालिकालाई झुक्याएर जंगलमा लगि सामुहिक बलात्कार गरिएको घटना सार्वजनिक भएकाे छ ।

उनलाई दुई जनाले सामुहिक बलात्कार गरेका हुन् । साथीको जन्मदिनको दिन साथीको घरमा गएकी उनलाई मन्दिर लैजाने भनेर झुक्याएर जंगलमा लगिएको थियो । प्रहरीले बलात्कारमा संलग्न दुई युवा सहित ति साथीलाई पनि पक्राउ गरेको छ । पथरी शनिश्चरे–१ का २२ वर्षीय मनोज राई र वडा नम्बर ९ का २३ वर्षीय राजकुमार माझीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जन्मदिनमा बोलाएर साथीलाई जंगलमा लैजाने उनकी १५ वर्षीया साथीलाई पनि प्रहरीले पक्राउ गरेको हाे ।

पीडित बालिकाकी साथीले मंगलबार दिउँसो आफ्नो जन्मदिन मनाउन भन्दै १३ वर्षीया बालिकालाई बोलाएकी थिइन् । उनलाई वस्तीभन्दा टाढा जंगलमा रहेको मन्दिरमा लगिएको थियो । अर्काको घरमा काम गर्ने ति बालिकालाई जन्मदिनको बहानामा बोलाएर जंगलमा लगेर सामुहिक बलात्कार गरिएको हो । घरमा काम गर्ने बालिका राति अवेरसम्म नफर्किएपछि संरक्षकले प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको हो ।

भोलिपल्ट बिहान ५ बजे उनी घर नजिकै बिछिप्त अवस्थामा फेला परेकी थिइन् । उनले साथीले आफुलाई जन्मदिन भनेर बोलाएर जंगलमा लगेको बताएकी थिइन् । उनले आफु माथि बलात्कार भएको बताए पछि प्रहरीले अभियुक्तलाई पक्राउ गरेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानले बालिकालाई जंगलमा लगेर घरेलु मादकपदार्थ ‘निगार’ खुवाएर बलात्कार गरेको देखिएको जनाएको छ । प्रहरीले बालिकाको मेडिकल जाँच गर्ने काम थालेको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here