बालिका बलात्कृत, पीडकमाथि प्रहरीले लियाे यस्ताे एक्सन, विदेश जाने सपना भयाे चकनाचुर!

42
  •  
  •  
  •  

काठमाडाैं, १५ असाेज (अाेएनएस) : पर्वतमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । मोदीगाउँपालिका १ भूक देउरालीमा नाम परिवर्तन मैना बलात्कृत भएकी हुन्। घरको कोठामा बसेर पढ्दै गरेकी बालिकालाई छन्त्यालले बलात्कार गरेको भनी पीडितका अभिभावकले आइतबार जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएका छन् ।

प्रहरीका अनुसार गत शनिबार राति मैना साेही ठाउँका २२ वर्षीय सविन छन्त्यालबाट बलात्कृत भएकी हुन । छन्त्याल बलात्कार गरी फरार भएका छन ।

वैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा रहेका छन्त्याल बलात्कार आरोपी घटनापछि फरार रहेका छन् । उनको राहदानी रोक्का गरी खोजतलास थालिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन ।


  •  
  •  
  •