राजपा नेपालको बैठक जारी, एकिकरणको विषयमा छलफल हुँदै

57
  •  
  •  
  •  

काठमाडौं, ४ जेठ (ओएनएस) : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अध्यक्ष मण्डलको बैठक जारी छ । जारी बैठकमा देशको समसामयिक राजनीतिक अवस्थाको साथै संघीय समाजवादी फोरम नेपालसँग एकिकरण लगायतको विषयमा छलफल भइरहको राजपाका एक नेताले बताए।

फाइल फाेटाे

त्यसैगरी, सरकारले आगामी आर्थिक वर्षमा ल्याउन लागेको नीति तथा कार्यक्रम र आर्थिक वजेटको बारेमा पनि छलफल भइरहेको राजपा स्रोतले बताएको छ। बैठक अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको निवास सानो ठिमीमा बसेको छ ।

स्रोतका अनुसार पार्टी एकिकरणको लागि बिहीबार राजपा नेपाल र फोरम नेपालको संयुक्त बैठक बानेश्वरमा बसेको थियो ।


  •  
  •  
  •