ऊर्जा सचिव उपाध्यायले दिए राजीनामा

23
  •  
  •  
  •  

काठमाडौं, २० मंसिर(ओएनएस) । ऊर्जा सचिव अनुपकुमार उपाध्यायले राजीनामा दिएका छन् । उपाध्यायले आगामी फागुनमा अवकास पाउँदै थिए । तर अवकास पाउन केही महिना मात्र बाँकी रहँदा उनले राजीनमा दिएका हुन् ।

उपाध्यायले विद्युत नियमन आयोगको अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न सचिव पदबाट राजीनामा दिएको बुझिएको छ । सरकाले विद्युत नियमन आयोग गठन गर्न प्रक्रिया शुरु गरिसकेको छ । ऊर्जासचिव उपाध्यायको राजीनामा मन्त्रिपरिषदबाट समेत स्वीकृत भएको स्रोतले बताएको छ ।

उपाध्याय लामो समयदेखि ऊर्जा मन्त्रालयमा सचिव थिए ।  लोडसेडिङ हटाउने अभियानमा तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्मा र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँगै उनको पनि महत्वपूर्ण भूमिका थियो ।
आयोग गठनका लागि ऊर्जा मन्त्रालयका अर्का सचिव सञ्जय शर्माको नेतृत्वमा समिति बनाइएको छ ।

समितिले कात्तिक ३० गते २१ दिनको समय सीमा राखेर आयोगमा अध्यक्षसहित ४ जना पदाधिकारीका लागि दरखास्त आह्वान गरेको छ ।

उपाध्यायसँगै अर्का पूर्व ऊर्जा सचिव सुमन शर्मा र विद्युत महसुल निर्धारण आयोगका पूर्वअध्यक्ष जगतकुमार भुसाललाई आयोगको अध्यक्षका सशक्त दावेदारका रुपमा हेरिएको छ ।

समग्र विद्युत क्षेत्रको नियनमनका लागि शक्तिशाली आयोग गठन गर्न खुला प्रतिस्पर्धा आह्वान गरिएको छ । आयोगमा नियुक्तिका लागि दरखास्त बुझाउने मिति बिहीबार अन्तिम हो ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here