राजेश हमाललाई करिष्माको सुझावः काठमाडौंको मेयरमा उठ्नुहोस्

532
  •  
  •  
  •  

rajesh-hamalकाठमाडाैं, ५ वैशाख (ओएनएस) : नायिका एवं नयाँ शक्ति पार्टी नेपालकी केन्द्रीय सदस्य करिष्मा मानन्धरले महानायक राजेश हमाललाई काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बन्न सुझाव दिएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टेट्स लेख्दै नायिका मानन्धरले काठमाडौंको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गर्न सुझाएकी हुन् ।

करिष्मा लेख्छिन ‘यदी नेपाली समाज र देशको चिन्ता छ, भने काठमाडांंैबाट मेयरको लगि स्वतन्त्र चुनाव लडनुस्।’

[box type=”shadow” ][/box]

नायिका रेखा थापाले राप्रपाबाट काठमाडौंको उपमेयरमा उम्मेदवारी दिने चर्चा चलिरहँदा हमाललाई मेयरमा उठ्न सुझाव आएको हो।
महानायक हमाल र नायिका करिष्मा कलिउडका एकै पुस्ताका कलाकार हुन्।


  •  
  •  
  •