प्रस्तावित राजदूतको सुनवाइ प्रक्रिया बुधबारबाट अघि बढ्ने

10
  •  
  •  
  •  

काठमाडौं, ३० पुस(ओएनएस) : प्रस्तावित राजदूतको सुनवाइ प्रक्रिया बुधबारबाट अघि बढ्ने भएको छ ।
थाईल्याण्ड, स्विट्जरल्याण्ड, फ्रान्स, क्यानाडा र कुबेतका लागि सरकारले सिफारिस गरेका राजदूत विरुद्ध कुनै उजुरी परेको छैन् ।

उजुरी नपरेपछि संसदीय सुनवाइ समितिले बुधबार दुई र बिहीबार तीन जनाको सुनवाई प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

यसअघि समितिले यहि पुस १८ गते १० दिनको समय दिएर राजदूतहरु बिरुद्ध उजुरी आब्हान गरेको थियो ।
राजदुत विरुद्ध शनिबार साँझसम्म कुनै पनि उजुरी समितिमा दर्ता नभएको सुनवाई समितिको सचिवालयले बताएको छ ।

मन्त्रीपरिषदले परराष्ट्र सेवाबाट थाइल्याण्डका लागि गणेश ढकाल, स्वीटजरल्याण्डका लागि मणि भट्टराई, फ्रान्सका लागि दिपक अधिकारी, क्यानडाका लागि भृगु ढुंगाना र कुवेतका लागि दुर्गा प्रसाद भण्डारीको नाम सिफारिस गरेको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here