प्रस्तावित पाँच राजदूतको संसदीय सुनुवाइ आजबाट

1095
  •  
  •  
  •  

काठमाडौं, ३ माघ(ओएनएस) : नियुक्तीका लागि सिफारिस भएका पाँच राजदूतहरुको संसदीय सुनुवाइ आजबाट शुरु हुँदैछ ।

फाइल तस्बिर

प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनवाइ समितिले थाइल्याण्डका लागि प्रस्तावित गणेशप्रसाद ढकाल र फ्रान्सका लागि प्रस्तावित दीपक अधिकारीको सुनवाइ प्रक्रिया शुरु गर्न लागेको हो ।

बाँकी तीन प्रस्तावित राजदूतको सुनवाइ शुक्रबार गर्ने तयारी छ । सरकारले ढकाल र अधिकारीका साथै स्वीट्जरल्याण्डका लागि मणिप्रसाद भट्टराई, क्यानडाका लागि भृगु ढुंगान र कुवेतमा दुर्गाप्रसाद भण्डारीलाई राजदूतनियुक्तीका लागि र सिफारिस गरेको छ । पाँचैजना राजदूत विरुद्ध कुनै उजुरी नपरेकाले समितिले सिफारिस प्रक्रिया अघि बढाएको हो ।

सुनुवाइ प्रक्रिया सम्पन्न भएपछि नियुक्ति प्रक्रिया अगाडि बढ्नेछ । सुनुवाइको कार्यविधिअनुसार समितिले प्रस्तावित पदाधिकारीको अवधारणा पत्र सुन्नेछ ।

समितिका सदस्यहरूले सिफारिस भएका प्रस्तावित राजदूतसँग कार्ययोजना समेत माग गर्न सक्नेछन् । समितिको दुई तिहाइ बहुमतबाट प्रस्तावित राजदूतलाई अस्वीकारको अधिकार पनि समितिलाई छ ।


  •  
  •  
  •