मंगलवार, आषाढ १३, २०७४ | Tuesday, June 27, 2017
न्युज अपडेट

राजपा नेता राजेन्द्र महतोलाई पितृशोक

rajendra-mahato
काठमाडौं, ५ असार (ओएनएस) : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो पितृशोकमा परेका छन् ।

महतोका पिता खोभारी महतोको एक सय वर्षको उमेरमा गएराति २ बजेतिर सर्लाहीको बबरगञ्ज स्थित निवासमै निधन भएको छ । शवको अन्तिम संस्कार आजै गरिने जनाइएको छ ।

राजपा नेता राजेन्द्र महतो पनि आन्दोलनको मोर्चा छोडर विहानै सर्लाही फर्केका छन् । उनी मधेश÷थरुहट आन्दोलनका क्रममा भैरहवामा थिए ।

Comments are closed.

'
Scroll To Top