बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

राजपाको घोषणापत्रमा तीन ठूला दल, दुई फोरम स्वार्थबादी

Rajapa-Party-Office
काठमाडौं, २० भदौ (ओएनएस) : विभिन्न ६ वटा मधेश केन्द्रीत दलहरु मिलेर बनेको एकीकृत पार्टी राष्ट्रिय जनता पार्टी (राजपा)ले घोषणा पत्र तयार पारेको छ । यद्यपि सार्वजनिक भने गरिएको छैन ।

राजपाको निर्वाचन घोषणा–पत्र तयारी समितिले तयार पारेको घोषणा पत्रमाथि छलफल भइरहेको छ । घोषणापत्रमा पार्टीका एजेण्डासंगै तीन ठूला पाटी र दुई मधेशकेन्द्रीत दलप्रतिको राजपाको दृष्टिकोण पनि उल्लेख गरिएको छ ।

राजपाको दृष्ट्रिकोण

कांग्रेस-संघीयता र मधेसमैत्री नभएको 
राजपाले आफ्नो घोषणा पत्रमा नेपाली कांग्रेसप्रति आफ्नो दृष्ट्रिकोण प्रस्तुत गरेको छ । राजपाले नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएपनि संघीयता र मधेसमैत्री नभएको भनेको छ ।

राजपाले ‘कांग्रेस लोकतान्त्रिक पार्टी भएर पनि संघीयता र समावेशी लोकतन्त्रका लागि प्रतिबद्ध छैन र मधेसमैत्रीसमेत होइन’ भनेर उल्लेख गरेको छ । कांग्रेसको बारेमा खासै व्याख्या गरिएको छैन ।

एमाले–मधेस विरोधी
राजपाले आफ्नो घोषणापत्रमा एमालेलाई मधेसप्रति अनुदार पार्टी भनेर विश्लेषण गरेको छ ।

एमाले संघीयता र समावेशीकरणका विरोधमा रहेको ढुलमुले चरित्र बोकेको मधेसप्रति अनुदार पार्टी भनेर उल्लेख गरेको छ । उनले एमालेलाई शासक वर्गहरूकोे वर्चस्व भएको मधेस विरोधी पार्टीको संज्ञा दिएको छ ।

माओबादी केन्द्र–भ्रष्टाचार, असुरक्षा र अराजकताको नेतृत्वकर्ता

राजपाले माओबादी केन्द्रमाथि झन ठूलो आरोप लगाएको छ । राजपाको निर्वाचन घोषणा पत्रमा माओवादी केन्द्र दण्डहीनता, भ्रष्टाचार, असुरक्षा, अशान्ति एवं अराजकताको कारक भएको टिप्पणी गरेको छ ।

माओबादी केन्द्रलाई लोकतान्त्रिक प्रणालीमाथि विश्वास नराख्ने पार्टी भनेरसमेत व्याख्या गरेको छ । अधिनायकवाद र सर्वसत्तावादमा विश्वास राख्ने संघीयता विरोधी पार्टीको रुपमा माओवादी केन्द्रलाई लिइएको छ ।

दुई फोरम : स्वार्थबादी 

राजपाले मधेस केन्द्रीत दुई फोरम संघीय समाजबादी फोरम र लोकतान्त्रिक फोरमलाई स्वार्थबादी पार्टी भएको घोषणापत्रमा उल्लेख गरेको छ । दुई फोरमलाई मधेस र मधेसीको बेइजती गरेको गम्भीर आरोप पनि लगाइएको छ । राजपाले ती दलहरुबारे यो भन्दा बढी केही उल्लेख गरेको छैन ।

Comments are closed.

'
Scroll To Top