बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

चुनावमा भाग लिने राजपाको निर्णय, स‌ंविधान संशोधन मुख्य एजेण्डा

rajapa-announce-protest
काठमाडौं, ७ भदौ (ओएनएस) : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।

आज केन्द्रीय कार्यालय बबरमहलमा बसेको बैठकले निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको हो । राजपाले संविधान संशोधन संसदमा निर्णयार्थ पेश भए फेल भएपनि निर्वाचनमा सहभागी हुने जनाएको थियो ।

संसदमा संशोधन फेल भएपनि पूर्व प्रतिबद्धताअनुसार तेस्रो चरणको निर्वाचनमा भाग लिने निर्णय गरिएको नेता राजीव झाले जानकारी दिए ।

आजको बैठकमा अधिकांश नेताहरुले निर्वाचनमा जानुपर्ने सुझाव दिएपछि अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरले निर्वाचनमा सहभागी हुने निर्णय स्वीकृति गरेका हुन् ।

यसअघि संविधान संशोधन विधेयक बहुमत नपुग्दा सदनबाट अस्वीकृत भएको थियो ।  अब राजपाले संविधान संशोधनलाई मुख्य एजेण्डा बनाएर निर्वाचनमा जाने निर्णय समेत गरेको छ ।

Comments are closed.

'
Scroll To Top