बिहीबार, असोज ५, २०७४ | Thursday, September 21, 2017
न्युज अपडेट

‘रागिनी एमएमएस रिटन्र्स’को पहिलो पोष्टर रिलिज

karishma
मुम्बई, २६ भदौ (एजेन्सी): ‘रागिनी एमएमएस रिटर्न्स’को पहिलो पोष्टर रिलिज गरिएको छ । एएलटी बालाजीको यो नयाँ शो ‘रागिनी एमएमएस रिटर्न्स’लाई एकता कपूरले निर्माण गरिरहेकी छन् ।

यसलाई सुयश वाडवकरले डायरेक्शन गरिरहेका छन् । पोस्टरमा एक्ट्रेस करिश्मा शर्मा बोल्ड देखिएकी छन् । उनी सिद्धार्थ गुप्तासंगै टपलेसमा आउनेछिन् ।

पोष्टरमा सिद्धार्थ र करिश्मा एकअर्कालाई गहिरो नजरले हेरिरहेका  छन्। उनीहरुलाई रातो साडीमा अर्की एक महिलाले पनि हेरिरहेकी छन् । जबकी ती महिलाको अनुहार पोस्टरमा देखाइएको छैन ।

शो मा करिश्मासंगै रिया सेन पनि देखिनेछिन् । रागिनी एमएमएस रिटर्न्सको ट्रेलर छिटै सार्वजनिक हुने बताइएको छ ।

Comments are closed.

'
Scroll To Top