सार्वजनिक लेखा समितिले सरकारलाई दियाे यस्ताे निर्देशन, के तेलकाे मूल्य घट्ला?

44
  •  
  •  
  •  

काठमाडाैं, १५ असाेज (अाेएनएस) : सार्वजनिक लेखा समितिले दसैंका लागि अति आवश्यक वस्तुहरुमा गरिएको अस्वभाविक मूल्यबृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले छलफल गर्दै दसैंका लागि अति आवश्यक वस्तुहरुमा गरिएको अस्वभाविक मूल्यबृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको हाे। बैठकले चिनी, चामल, तेललगायतका अति आवश्यकीय वस्तुमा अस्वभाविक मूल्य बृद्धि गरिएको भन्दै तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशनात्मक अादेश दिएको हो ।

दसैंको मुखैमा अति आवश्यकीय वस्तुहरुको अस्वभाविक मूल्य बृद्धि गरेकाले त्यसलाई नियन्त्रण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिइएको समितिका सभापति भरतकुमार शाहले जानकारी दिए ।बैठकले कालो बजारी हुन नदिन अनुगमनको कामलाई प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराएको छ ।


  •  
  •  
  •