मंगलवार, आषाढ १३, २०७४ | Tuesday, June 27, 2017
न्युज अपडेट

पेट्रोलियम पदार्थको मूल्य घटेपनि सार्वजनिक यातायातको भाडा नघट्ने

bus-bhadaकाठमाडौं, ४ असार (ओएनएस) : पेट्रोलियम पदार्थको मूल्य घटे पनि सार्वजनिक यातायातको भाडा नघट्ने भएको छ ।

पेट्रोलियम पदार्थको भाउ रु पाँचभन्दा कम नभएकाले वैज्ञानिक भाडा पद्धतिअनुसार सार्वजनिक यातायातको भाडा नघट्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

सार्वजनिक सवारीको भाडादर निर्धारणमा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानिएकाले तत्काल भाडा घट्न नसक्ने प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए ।

नेपाल आयल निगमलले गत शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको थियो । पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर रु एक दशमलव ५० घटाइएको थियो । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय बनाइएको छ । यसअघि पेट्रोलको मूल्य रु १०१ दशमलव ५० थियो ।

डिजेल र मट्टितेलको मूल्य पनि रु एक दशमलव ५० पैसाले घटेर रु ७६ कायम भएको छ । यसअघि पनि पटक पटक पेट्रोलियम पदार्थको भाउ घट्दा पनि सार्वजनिक यातायातको भाडा घटेको छैन । २०७२ माघपछि पनि धेरैपटक पेट्रोलियम पदार्थको भाउ घटेपनि सार्वजनिक यातायातको भाडा घटेको छैन ।

Comments are closed.

'
Scroll To Top