बुधवार, कार्तिक १, २०७४ | Wednesday, October 18, 2017
न्युज अपडेट

प्रियंका चोपडाले नेपाली भाषाकाे फिल्म बनाउने

pranka chopraकाठमाडौं,  १४ पुस (एजेन्सी)  : बलिउड नायिका प्रियंका चोपडाले नेपाली फिल्म बनाउने भएकी छन् ।

हलिउडसम्म तहल्का मच्चाउन सफल बलिउड नायिका चोपडालले होम प्रोडक्सन पर्पल पेबलमार्फत् ‘पौवा’ नामक नेपाली फिल्म बनाउन लागेको टाइम्स अफ इण्डियाले जनाएको छ । पौवाको नेपाली अर्थ ‘पाहुना’ हुन्छ ।

यो नेपाली फिल्ममा नेपाली र सिक्किमेली कलाकार रहने बताइएको छ ।

प्रियंकाकी आमा मधु चोपडाले एक अन्तरवार्ताका क्रममा भनेकी छन् ‘पौवा सिक्किम वेस्ड नेपाली चलचित्र हो । यस फिल्ममा राजनीतिक अस्थिरताले कसरी बाबुआमासंग छोराछोरी छुट्टिन्छन् भन्ने देखाउन खोजेका छौं ।’

प्रियंकाले नेपाली फिल्म बनाउने खबर सार्वजनिक भएपनि बन्ने, नबन्ने भविश्यले बताउनेछ । प्रियंकाले यसअघि नै मराठीमा ‘भेन्टिलेटर’ भोजपुरीमा ‘बम बम वोल है’ पंजावीमा श्रावण निर्माण गरिसकेकी छन् ।

Comments are closed.

'
Scroll To Top