राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

31
  •  
  •  
  •  

काठमाडौं, २७ पुस(ओएनएस) : २९७ औं पृथ्वी जयन्तीका अवसरमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् ।

उनले सिंहदरबार पश्चिम ढोकामा पुगेर माल्यार्पण गरेकी हुन् । प्रज्ञा भवनबाट शुरु भएको र्‍याली सिंहदरबार मुल गेटमा पुगेर सकिएको थियो ।

बाजागाजासहित उपस्थित र्‍यालीमा मन्त्रीहरु इश्वर पोखरेल र गोकुल बाँस्कोटा समेत सहभागि भएका थिए ।
हरेक वर्ष पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको रुपमा मनाइँदै आएको छ ।

सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिएको छैन । स्थानीय तहमा भने तीन तहले मात्र बिदा दिएका छन् ।

अन्य फोटोहरु हेर्नुहोस्


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here