शनिबार, भाद्र ३, २०७४ | Saturday, August 19, 2017
न्युज अपडेट

‘प्रेमगीत–२’ को शीर्ष गीत सार्वजनिक, यस्तो छ प्रदीप र अश्लेषाको रोमान्स

prem geet–2काठमाडाैं, ३० चैत (ओएनएस) : आगामी साउन १३ गतेबाट प्रदर्शनमा आउने ‘प्रेमगीत–२’ को शीर्ष गीत युट्युबमा सार्वजनिक भएको छ ।

‘कहानी यो प्रेमगीतको’ बोलको शीर्ष गीतलाई श्रेया सोताङ र रोहित जोन क्षेत्रीले गाएका छन् । अमृत मरहठ्ठाको शव्द रहेको गीतमा कल्याण सिंहको संगीत छ । गीतमा नव अभिनेत्री अश्लेषा ठकुरी र नायक प्रदीप खड्काले रोमान्स गरेका छन् ।

थाइल्यान्डको मनोरम समुन्द्री तट, गुफा, तलैया र नदीलाई आकर्षक रुपमा गीतमा प्रस्तुत गरिएको छ । अश्लेषा र प्रदीपको केमेस्ट्रि राम्रो देखाउन नृत्य निर्देशक रेनसा राईले निकै राम्रो प्रयास गरेकी छिन् ।

पुरुषोत्तम प्रधानको छायांकनले गीतलाई थाई भूगोलसँग अझै सामिप्य तुल्याएको छ ।
‘प्रेमगीत २०७२ को सफल चलचित्र हो ।

Comments are closed.

'
Scroll To Top